काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाई माओवादी पार्टीको कार्यकर्ता वा सभामुखमध्ये एक रोज्न सुझाव दिनुभएको छ ।
एमालेले माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको अध्यक्ष ओलीले सभामुख सापकोटा पार्टीको कार्यकर्ता बनेको बताउनुभयो । सभामुख सापकोटाले अझै कागजपत्र हेर्छु भनेको बताउँदै उहाँले उहाँले भन्नुभयो, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो ।’
उहाँले माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न सभामुख सापकोटालाई चेतावनी दिँदै भन्नुभयो, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’
गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उहाँले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘एउटा पार्टीको कार्यकर्ता भएर सभामुख हुन सकिँदैन । सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ ।’