मकवानपुर । बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे र सामाजिक विकास मन्त्री कृष्ण खनाललाई शपथ ग्रहण गराउनुभएको हो ।
दुवै नवनियुक्त मन्त्रीलाई बुधवार राति प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नियुक्त गर्नुभएको थियो ।