काठमाडौं । देउवा सरकारले ल्याएको दल विभाजनसम्बन्धी प्रतिगामी अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले काठमाडौंमा बुधबार साँझ निकालेको मसाल जुलुससहितको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । काठमाडौंको आरआर क्याम्पसअगाडि गरिएको मसाल जुलुसमाथि प्रहरीले दमन गरेको हो । प्रहरी दमनमा परी प्रदर्शनकारीहरु घाइते भएका छन् । देउवा सरकारले पार्टी विभाजन गरी मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको हो ।