काठमाडौं । नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णयसहित माधव पक्षका नेताहरु निर्वाचन आयोग जानुभएको छ ।
देउवा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश प्रमाणीकरण गरेलगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेको हो ।
एक नेताका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल हुनुहुन्छ भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्ह खुला किताब रहने जनाइएको छ ।























