काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत नेता थापाले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
सामाजिक सञ्जालमा नेता थापाले लेख्नुभएको छ, ‘संसद अधिवेशन हठात् अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’
अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने भए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हिजो केपी ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’























