काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने स्पष्ट पार्नुभएको छ ।
मंगलबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै दलका नेता समेत रहनु भएका ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने स्पष्ट पार्नुभएको हो । ओलीले अहिलेको गठबन्धन नामको सरकार असंवैधानिक, गैरकानूनी, जनादेशबिपरितको र अपराधीक उदेश्यका साथको आएको आरोप लगाउनुभयो । ओलीले षडयन्त्रपूर्वक गलत मनशायका साथ अनैतिक प्रयोजकनका लागि संसदको अधिवेशन अन्त्य गरिएको भन्दै निन्दा गर्नुभयो । संसद अधिवेशन रोकेर १२ घण्टा नवित्दै कालो र षडयन्त्रपूर्वक दल बिभाजनको अध्यादेश सरकारले ल्याएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । ओलीले तत्काल अध्यादेश फिर्ता लिन माग गर्नुभयो । उहाँले आफ्नो पार्टी फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्र्दै अध्यादेश खारेज नभए वा एमाले फुटे महङ्गो पर्ने चेतावनी दिनुभयो । अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अव एमाले चूप लागेर नवस्ने उहाँले बताउनुभयो । पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या भएको उहाँले बताउनुभयो ।
बैठकले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । यस्तै बैठकले तीन दिन भित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ । त्यस्तै बैठकले अफगानस्थानमा रहेका नेपालीहरुका सहज उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै भूतपूर्व गौर्खा सैनिकको समस्या समधान गर्न कुटनीटिक पहल गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको एमाले अध्यक्ष ओलीले बताउनुभयो ।
https://youtu.be/5Y9kqii1nBM




















