काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री शेरबहादुर देउवा वर्तमान व्यवस्थामा असफल भएको बताउनुभएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वैद्यले वर्तमान संसदीय व्यवस्था संकटग्रस्त भएको र यो व्यवस्थामा प्रधानमन्त्री देउवा पनि असफल भएको टिप्पणी गर्नुभयो । देउवा नेतृत्वको गठबन्धन सरकारले पनि जनताका जनजीविकाका समस्या समाधान गर्न नसक्ने निष्कर्ष वैद्यको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो बैठकले लिम्पियाधुरासहितको भूभाग फिर्ता र एमसीसीको विरोधलगायतका विषय पनि उठाएको छ । त्यसका साथै पहिचानसहितको संघीय संरचनाको स्वरुपबारे गहन अध्ययन गर्ने निर्णय पनि सो बैठकले गरेको छ ।