काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक आह्वान गरेको छ । ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलेपछि अध्यक्ष केपी शर्मा ओलीले मंगलबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनुभएको हो । स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्ने भएको छ ।