काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले एमाले विभाजन गर्न अध्यादेश ल्याए त्यो दिन इतिहासमै कालो हुने बताउनुभएको छ । उहाँले संसद अधिवेशन अन्त्य गरेर सरकारले एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेकोमा आपत्ति प्रकट गर्दै विरोध जनाउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने बताउनुभयो ।
‘सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ उहाँले भन्नुभयो, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्थामा चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग-यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’
सांसद बस्नेतले अदालतबाट संसद पुनर्स्थापनाको निर्णय भएपछिको डेढ महिना श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गर्नेबाहेक कुनै काम नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।