दमक । झापाको कमल गाउँपालिका–२ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ ।
स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिनअगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शव खेतका बिचमा भएका कारणले सडेर दुर्गन्ध आउन थालेपश्चात स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे कारण खुल्न सकेको छैन् । परिवारको पहिचान पश्चात् शवलाई परीक्षणका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।