काठमाडौं । नेकपा एमालेकी सांसद निरु पालले बिकासको नाममा बाह्य हस्तक्षेप स्वीकार्य नहुने भन्दै अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको शुन्य समयमा सांसद पालले एमसीसीमा रहेका प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गर्नुभयो । उहाँले एमसीसीका बिषयमा वर्तमान सरकारले राष्ट्रिय सहमति खोज्नुको कुनै औचित्य नरहेको बताउनुभयो । एमसीसी परियोजनाले मागेको भूभाग र अन्य संरचना कानुनी रुपमा हस्तान्तरण गर्न माग गरिएको उहाँको भनाई छ ।
त्यस्तै माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाइँले जनयुद्धका घाइतेले उपचार नपाए एमाले पार्टी कार्यालयमा आउनु उपचारको व्यवस्था गर्छु भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ती जनाउनुभयो । उहाँले माओवादी जनयुद्धका घाइतेको नभई झापा आन्दोलनका घाइतेको चिन्ता गर्न सुझाव दिनुभयो ।
त्यस्तै कांग्रेस संसद डा. डिला संग्रौलाले बेलायतमा आमरण अनशन बसिरहेका गोर्खा सैनिकको समस्या समाधानमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
तयस्तै नेमकिपा सांसद प्रेम सुवालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितताले प्रतिष्ठानको मात्र नभइ कांग्रेस नेता बीपी कोइरालाको बदनाम भएको बताउनुभयो ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पती भएका योगमाया आयुर्वेद विश्वबिद्यालय बिधेयक र तथ्याङ बिधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक साउन ३२ गते बोलाइएको छ ।