काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओलीले आज पहिलो पटक संसदमा बोल्ने कार्यक्रम राखिएको छ ।
सर्वोच्चको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत लिंदा एमालेबाट नेता प्रदीप ज्ञवालीले आफ्ना विचार राख्नुभएको थियो । प्रतिनिधिसभाको आज बैठक दिउँसो एक बजे बस्ने भएको छ ।