काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटीले बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय हो । स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीयय कमिटी बैठकमा छलफलका लागि केन्द्रीय कमिटी बैठकमा पेश हुने नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभएको छ ।
उहाँले स्थायी कमिटीले पारित गरेको विधान संशोधन पस्ताव केन्द्रीय कमिटीमा लैजाने स्थायी कमिठटीले बैठकले निर्णय गरेको बताउनुभयो ।
संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको अडान रहेको छ ।
स्थायी कमिटी बैठकले पास गरेर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी भएको प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।
एमालेले आठौं महाधिवेशनबाट हलबाटै निर्वाचित बहुपदीय संरचना अभ्यास गर्दै आएको छ । आठौं र नवौं महाधिवेशनमा सबै पदाधिकारी हलबाटै निर्वाचित भएका थिए । त्यस्तै पार्टीबाट वरिष्ठ नेता नराख्ने प्रस्ताव पनि अगाडि बढाइएको छ । बहुकेन्द्र निर्माण भएकाले वरिष्ठ नेताको पद नै नराख्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखिने भएको छ । निवर्तमान अध्यक्ष पार्टीको वरिष्ठ नेता रहने प्रचलन एमालेमा छ ।
एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव र पाँच सचिव रहने व्यवस्थालाई संशोधन गरेर पदाधिकारी संख्या घटाउने प्रस्ताव पनि ल्याइएको छ ।
त्यस्तै मुलुक संघीयता संरचनामा गएकाले अञ्चल समन्वय कमिटीको ठाउँमा प्रदेश संगठन कमिटी प्रस्ताव गरिएको छ ।
https://youtu.be/2Drvtf2k9js