काठमाडौँ । परमादेश देउवा सरकारले गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा आयोगका पूर्व अध्यक्ष देवी ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुने भएको हो ।
सर्वोच्चमा परेका रिटहरुमा भूमि आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दावी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । अध्यक्ष ज्ञवालीले आइतबार रिट दर्ता गर्नुभएको थियो भने अधिवक्ता केसीले सोही विषयमा शुक्रबार नै दर्ता गर्नुभएको थियो ।