काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।
ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आज बिहान ११ः०० बजे स्थायी कमिटी र अपराह्न ३ः०० बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखी २४ गते तोकिएको बैठक एक दिन पर सारिएको सो पार्टीका कार्यालय सचिचव तामाङे जानकारी दिनुभयो । आज बस्ने बैठकमा १०औँ महाधिवेशन गर्न आवश्यक तयारीबारे छलफल हुने बताइएको छ ।