काठमाडौं । नेकपा (एमाले) को संस्थापन पक्षले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ ।
विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाउनु भएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधी नरोकिने बताउनुभएको हो । उहाँले पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीको हित बिपरित रहेको जिकिर गर्नुभएको छ ।
उहाँले स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने धारणा राख्नुभयो । ज्ञवालीले सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसंग छलफल भएको बताउनुभयो ।
विधान संशोधनको प्रस्ताव तयार भएपछि सवै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।
https://youtu.be/KbdtaEjLWIM