काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टी भँडुवा माधव नेपाल समूहले रोक्नु भन्दैमा पार्टीका कुनै पनि प्रक्रिया रोक्नु नहुने बताउनुभएको छ । उहाँले कसैले भन्दै पार्टी सदस्यता नवीकरण प्रक्रिया नरोकिने बताउनुभएको छ । उहाँले पार्टीले आह्वान गरेको विधान महाधिवेशन पनि अब नरोकिने बताउनुभयो ।
नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् पार्टी भाँड्न खोज्नेहरूको कुरा अब सुन्न आवश्यक नरहेको बताउनुभएको हो । उहाँले नेकपा एमालेमा फर्किनेहरू फर्किने र नपर्किनेहरु देउवाको भजनकीर्तन गरी टिकटक बनाउने भन्दै अब कसैलाई कुर्न आवश्यक नरहेको बताउनुभयो ।