चितवन । चितवन जिल्ला वागमती प्रदेशको दक्षिण–पश्चिम भागमा अवस्थित छ । यस जिल्लाको सदरमुकाम भरतपुर नेपालको चौथो ठूलो शहरका रुपमा परिचित छ ।
चिवतन जिल्ला एउटा व्यापारिक केन्द्र पनि भएकाले बाक्लो जनघनत्वलाई आत्मसाथ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल माघ १४ गते भरतपुर सिटी हलको शिलान्यास गर्नु भएको थियो । उक्त सिटी हलको सिट क्षमता २००० रहेको छ । ४ विगाह ४ कठ्ठा जमिन यसले ओगटेको छ ।
भ्याटसहित ८८ करोड ८८ लाख लागतको सिटी हल निर्माण कार्य तीव्र गतिले अगाडि बढिरहेको छ । कोरोनाको महामारीमा पनि सुरक्षाका मापदण्ड अपनाएर निर्माण कार्य धमाधम भइरहेको र तोकिएको समयभित्र सम्पन्न हुने इन्जिनियर सुजन चापागाईले बताउनु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज हो । यस निकुञ्जलाई सन् १९२४ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गरेको हो ।
चितवनको सौराह भन्ने वित्तिकै नेपालको पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । आन्तरिक र वाह्य पर्यटकहरुको मन पराइको क्षेत्र मध्ये एक हो, सौराह । यस सौराहमा विभिन्न सभा, सम्मेलन, गोष्ठी गर्नको लागि हलको अभाव महसुस गरी सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण गरेको एक हजार सिट क्षमताको सभा हल सम्पन्न हुने क्रममा छ ।
यसको लागत ३५ करोड रहेको छ भने २२ हजार स्क्वायरफिट क्षेत्रफल ओगटेको छ । प्रवेशद्वार अगाडि गैडाको विशाल सालिक बनाइने सौराह सभा हलको साइट इन्जिनियर सुस्मिता वन जानकारी दिनुभएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रत्ननगरमा ७५० सिट क्षमताको सभा हल निर्माण अन्तिम चरणमा पुर्याएको छ । रत्ननगर सौराह चोकमा आयुर्वेद भवनको पनि ९० प्रतिशत काम सम्पन्न गरिसकेको छ । भरतपुर नगरपालकिा वडा नं. २८ मेघौलीमा इमरजेन्सी सेल्टर अर्थात रेस्क्यु सेन्टर निर्माण सम्पन्न भइ हस्तान्तरण समेत भइसकेको छ ।
त्यस्तै राप्ती र नारायणी नदीको बाढी र कटानको कारण विचल्लीमा परेका नागरिकलाई उद्धार गरी राख्नको लागि यो इमर्जेन्सी सेल्टर निर्माण गरिएको छ । कुनै पनि जिल्लामा आइपर्ने कुनै पनि विपदको लागि यसको प्रयोग गर्ने उद्देश्य रहेको सघन शहरी आयोजना चितवनले जनाएको छ ।
चितवन, मकवानपुर, पूर्वी परासी, पश्चिम परासीका आयोजनाहरु हेरिरहनु भएका सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका आयोजना प्रमुख प्रकाश अर्याल समग्र विकास निर्माणका बारेमा जानकारी दिँदै समयमै काम सम्पन्न गर्न र गुणस्तरमा कमी हुन नदिन ध्यान दिइएको बताउनु भएको छ । सघन शहरी आयोजना चितवनले मकवानपुर, नवलपरासी वर्दघाट सुस्ता पूर्व–पश्चिम र चितवन छ । ति जिल्लामा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निार्मण विभाग मार्फत प्राप्त भएका आवास, भवन, शहरी विकास सम्वन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्दै आएको अर्यालले बताउनु भएको छ ।