काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले शुक्रबारदेखि देशव्यापी कार्यकर्ता भेला गर्ने भएको छ । सो पक्षले देशका सबै जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएको हो ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र पक्षलाई दिएपछि सबै जिल्लामा अगुवा कार्यकर्ता भेला गर्न लागेको ठाकुर पक्षले जनाएको छ । नेता ठाकुरले बुधबार एक अपिल जारी गर्दै आयोगको निर्णयविरुद्ध देशव्यापी कार्यकर्ता भेला गर्न लागिएको जानकारी दिनुभएको हो ।शुक्रबारदेखि सुरु हुने अगुवा कार्यकर्ता भेला आगामी ९ भदौसम्म चल्ने जनाइएको छ । तराईका सबै जिल्लामा जिल्लैपिच्छे भेला गर्न लागेको ठाकुर समूहले पहाडी जिल्लाको भेला भने संयुक्तरुपमा गर्ने तालिका सार्वजनिक गरेको छ ।