काठमाडौँ । जनता समाजवादी पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । ठाकुरले दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ ।
साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । आयोगको निर्णयविरुद्ध ठाकुर १५ गते सर्वोच्च जानुभएको थियो । रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ । रिटमा आयोगको निर्णय जसपाको विधान विपरीत भएको दाबी गरिएको छ । जसपा आधिकारिकताको अन्तिम निर्णय सर्वोच्चले गरेपछि टुंगिनेछ ।