Margadarsan


  • जसपा आधिकारिकता मुद्दामा आज अदालतले सुनुवाइ गर्दै  

    मार्गदर्शन १५ श्रावण २०७८, शुक्रबार

    काठमाडौँ । सर्वोच्च अदालतले आज जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारेको मुद्वामा सुनुवाइ गर्दै छ । यसका लागि अदालतले विवादित दुवै पक्षलाई बोलाएको छ ।

    निर्वाचन आयोगले पार्टी दर्ता हुँदाका बखत कार्यकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत सोमबार दुवै पक्षलाई सशरीर उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुंगो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न महन्थ ठाकुर पक्षले अन्तरिम आदेशको माग गरेको थियो ।

    निर्वाचन आयोगले जसपा विवादमा निर्णय गरिसकेको छ । आयोगले उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षलाई जसपाको आधिकारिकता दिइसकेको बेलामा अदालतले समेत आज विवादबारे सुनुवाइ गर्न लागेको हो ।

    फेसबुक प्रतिक्रिया