Margadarsan


  • प्रतिनिधिसभाको बैठक आज १ बजे बस्ने, सरकारको वार्षिक प्रतिवेदन पेश हुने

    मार्गदर्शन १५ श्रावण २०७८, शुक्रबार

    काडमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद् बैठक बिजनेसविहीन बनेको छ ।

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसद्मा प्रवेश गरेका छैनन् । सदनमा पेश भएर अड्किएका कुनै पनि विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने काम भएको छैन ।

    संसदीय समितिबाट पास भएर आएको कुनै पनि विधेयकलाई छलफलका लागि राष्ट्रियसभामा पनि पठाइएको छैन । संघीय संसद सचिवालयका अनुसार अहिले संसदमा ५५ वटा विधेयकहरु छन् । तीमध्ये प्रतिनिधिसभामा ३० र राष्ट्रियसभामा २५ वटा छन् ।

    फेसबुक प्रतिक्रिया