काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेका चार पूर्व सांसदहरुले आफूहरु पुनर्बहाली गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिनुभएको रिटमाथि आज सुनुवाइ हुने भएको छ । माओवादी केन्द्रबाट अलोकतान्त्रित तथा असंवैधानिक ढंगले सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा आज सुनुवाइ हुने भएको हो ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि कार्कीको इजलासमा पेसी तोकिएको छ ।
चारैजनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए ।