काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूलाई शपथ खुवाउनुभएको छ ।
शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
सो शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थिति रहेको थियो ।