काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले बलात्कारीलाई कारबाही गर्न जोडदार माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले महिला तथा बालिकाहरुमाथि बलात्कारजस्तो जघन्य अपराध गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या गरेको बताउँदै यथाशीघ्र छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गरेर पीडितलाई न्याय दिन माग गर्नुभयो ।
सांसद शारदादेवी भट्टले भन्नुभयो, “निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन, त्यसका बारेमा रहस्य छ, कतै गरिबको छोरी बलात्कार भएकै कारण पत्ता नलागेकै हो कि ? म जतिसक्दो चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न अनुरोध गर्दछु ।”