काठमाडौं । सांसद पदमा पुनर्बहालीको माग गर्दै चारजना पूर्व सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । पूर्व सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । उहाँहरुले नेकपा माओवादी केन्द्रले आफूहरुलाई अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।