काठमाडौं । आफ्नै कर्मचारीमाथि बलात्कार जस्तो जघन्य अपराध गर्ने माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले सफाइ दिएको छ । महराजस्ता बलात्कारीहरुले छुट पाउँदै गएको पीडितहरुले गुनासो गरेका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले दोषी महरालाई बलात्कार मुद्दाबाट मुक्त गरिदिएको हो ।
संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महराले मुद्दा खेपिरहेका थिए । बलात्कारको मुद्दा खेपेका महराले यसअघि जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो । त्यसलगत्तै सरकारी वकिलबाट पुनरावेदन भएपछि आज उच्च अदालत पाटनबाट पनि महराले सफाइ पाएका छन् ।
महराले काठमाण्डौं तिनकुनेमा डेरा गरी बस्ने रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेका थिए । सोही बलात्कार मुद्दा उनीमाथि लागेको थियो । २०७६ साल असोज १२ गतेको घटनामा दुवै पक्षविच छिनाझम्टी हुँदा महराको चस्मा खसेर फुटेको थियो ।
महराको चस्माको टुक्रा र खुट्टा रोशनी शाहीको कोठामा छुटेको भन्दै प्रहरीले मुचुल्का तयार पारेको थियो । यही आधारमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा चलेको थियो । थियो । पछि महराले विभिन्न दबाब दिएकाले पिडितले आफूमाथि कुनै दुर्व्यवहार नभएको बयान दिएकी थिइन् ।
महराले विभिन्न तिकडम गरेर जिल्ला अदालत काठमाण्डौंबाट २०७६ साल फागुन ५ गते सफाई पाए । उनले आफूमाथि दुव्र्यवहार नभएको भन्ने पिडितलाई बकपत्र बनाउन लगाए । पीडित महिलालाई डरत्रास र धम्की दिँदै बलात्कारको प्रयास नगरेको भन्ने महराले बयान तयार पारे । पिडितको निवासमा भेटिएका सामानहरु महराले नै छाडेका हुन् भन्ने तथ्य पुष्टि हुँदाहुँदै पनि भ्रष्टाचारको आडमा जिल्ला अदालतले सफाई दिएको थियो ।
त्यो फैसलामा चित्त नबुझाई सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । त्यही मुद्दाको फैसलामा उच्च अदालत पाटनका भ्रष्टाचारमा लिप्त कानुनका ठेकेदारहरुले जिल्लाको फैसला सदर गरेका हुन् । बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख महराले पदबाट राजीनामा दिएका थिए ।