काठमाडौं । निकै समयको बहस र छलफलपछि निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेको छ ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक एक नेताले जानकारी दिनुभयो
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर हस्ताक्षर सनाखत गराएको थियो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गर्नुभएको छ । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गर्नुभयो भने रेशम चौधरी भने तटस्थ रहनुभएको छ ।
उता जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ ।
५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ भने १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।