काठमाडौँ । कडा सुरक्षाघेराबीच आयोग निर्वाचन आयोग पुग्नुभएका रेशम चौधरी जसपा विवादमा तटस्थ बस्नुभएको छ । उहाँले भन्नुभयो- जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।
चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गर्नुभयो । जसपा विवादमा कुनै पक्षले जित्ला तर उहाँलाई भीष्म पितामहको दर्जा कायम गरिदिनुहुन अनुरोध गर्दछु, चौधरीले भन्नुभयो ।
जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।