काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत थालेको छ ।
सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमन, उमाशंकर अरगरियालगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा पुगिसक्नुभएको छ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताका विषयमा आज निर्णय गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई निर्वाचन आयोग बोलाएको थियो । आयोगले पार्टीको आधिकारिकता विवादको विषयमा टुंगो लगाउन कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न कार्यालय बोलाएको हो ।