काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका युवानेता महेश बस्नेतले एमाले फुटाउन अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनुभएको छ । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै युवानेता बस्नेतले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याउने षड्यन्त्र भएको बताउनुभयो ।
‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उहाँले भन्नुभयो ।
नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई खबरदारी गर्नुभयो । सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षका गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि उहाँको भनाइ थियो ।

























