काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ‘युथफोर्स’ काठमाडौं भ्याली कमाण्ड घोषणा आज हुने भएको छ । सो संगठनको घोषणापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले युथफोर्सका युवा नेताहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
सो कार्यक्रम बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुने भएको छ । सो कार्यक्रम सुरु हुनुअघि उपत्यकाका विभिन्न स्थानबाट युवा संघले राजधानीका विभिन्न ठाउँबाट विशाल र्याली निकालेको छ ।

























