काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।
प्रशासन कार्यालयकी प्रशासक लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्को मिति २०७८/०४/०४ को निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ।’
यस्तै प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार जारी गरेको सूचना





















