काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास जानुभएको छ । प्रधानमन्त्रीबाट हटेपछि अध्यक्ष ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच विहान ११ बजेदेखि समसायिक बिषयमा भेटवार्ता भएको बताइएको छ ।
























