काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्री छानेसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । कांग्रेसबाट तीनजना मन्त्रीको नाम टुंगो लागेपछि आजै सपथग्रहण हुने भएको छ ।
कांग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाइने भएको छ । शर्मा बागलुङका कांग्रेस सांसद हुनुहुन्छ श्रेष्ठ भने कांग्रेस नेता गोपालमान श्रेष्ठका स्वकीय सचिव हुनुहुन्थ्यो । श्रेष्ठ मन्त्री बनेका बेला मेखलालले नै सबै काम हेर्ने गर्नुहुन्थ्यो । । गोपालमानले नै उहाँलाई प्रदेशसभामा समानुपातिकबाट सांसद बनाउनुभएको हो ।
उता माओवादीले तीन मन्त्रीमा चन्द्र बुढा, रामजी बराल र दीपक घर्ती मगरलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई नाम दिइसकेको छ ।