काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले संघीय सांसदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । उहाँले आज सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताउनुभयो ।
पछिल्लो समय एमालेलाई एकताबद्ध बनाउने अभियानमा लाग्नुभएका उहाँले नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गर्नुभएको थियो ।