काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
आज बस्ने सो बैठकमा नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बधाई तथा शुभकामना दिने कार्यसूची सार्वजनिक गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । यसका साथै कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदनसमेत पेश हुने कार्यसूची रहेको छ ।