खोटाङ । खोटेहाङ गाउँपालिकाले युवा लक्षित एक दिने अन्तक्र्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका नौ वटै वडाबाट प्रतिनिधिमुलक रुपमा ५/५ जना युवा र प्रत्येक माध्यमिक विद्यालयवाट २/२ जना विद्यार्थीहरुको उपस्थिति रहेको सो कार्यक्रममा खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदिप राई, उपाध्याक्ष कबिता राईले उत्पेरणात्मक मन्तव्य राखेका थिए ।
त्यस्तै व्यवसायिक उत्प्रेरणा तथा अनुभवको बरेमा सफल ब्यवसायी रामकुमार कार्कीले, स्वरोजगार प्रवर्दन तथा युवा उद्दमशिलता विषयमा इन्द्र नारथुङेले, युवा नेतृत्व विकास विषयमा खोटेहाङ गाउँपालिका प्रबक्ता शिवप्रसाद फुयालले र शासकीय प्रवन्धमा युवा संलग्नता र भूमिका व्यक्तित्व विकास तथा युवाहरुको सामाजिक उत्तर दायित्व विषयमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले प्रशिक्षण दिएको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले प्रस्तूतीकरण संगै अन्तरकृया कार्यक्रममा सहभागिहरुलाई आफ्ना सल्लाह, सुझाव तथा अपेक्षा र अनुभव संगै आगामी कार्ययोजनाको वारेमा जानकारी गराएका थिए ।