काठमाडौँ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार अबदेखि काठमाडौँ–नयाँ दिल्ली सातामा छ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँदिल्लीमा साताको दुई उडान हुँदै आएकामा अबदेखि छ उडान गरिने भएको हो ।
सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो दिनुभयो । उहाँका अनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ ।
यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् ।
यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ ।