काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरु एमालेमा नरहने निर्णय गरेको छ । बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवा सरकारलाई समर्थन नगर्ने भन्दै विश्वासको मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको हो । आज बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।