काठमाडौं । नेकपा एमालेले देशप्रति जिम्मेवार र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक एवं जनताको हितप्रति अटल रहँदै सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने भएको छ ।
केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी कमिटी बैठकले अलोकतान्त्रिक र अश्वस्थ विधिबाट सरकार गठन भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।
वैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । साथै बैठकले कार्यदलका सदस्यहरुलाई धन्यवाद सहित कार्यदल भंग गर्ने निर्णय पनि गरेको छ ।
वैठकले गरेका निर्णयहरु यस्ता छन्: