काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको एमाले केन्द्रिय सदस्य एवम् पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी बताउनुभयो । उहाँले आजको बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमतिमाथि छलफल गर्दै अनुमोदन हुने, सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे छलफल हुने जानकारी गराउनुभयो ।
सो बैठकको शुरुवात गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनतामाझ जाने बताउनुभयो । एमाले अध्यक्ष ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने धारणा राख्नुभयो ।