काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक गतिविधिलाई तीव्रता दिनुभएको छ ।
उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेपछि आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटघाट गर्नुभएको छ । पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाका साथ जनयुद्ध कालका सहयोद्धा डा. भट्टराई भेट्न विप्लव आज बिहान टोखास्थित भट्टराई निवास जानुभएको हो ।
उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।