काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको हो ।
संसद पुनर्स्थापना भएसँगै अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाउनुभएको हो । आज दिउँसो बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल समूहका २३ जनासहित सबै सांसदलाई डाकिएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभएको छ ।
पुनर्स्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ । आज बस्ने एमाले संसदीय दलको बैठक संसद बैठक बस्नुअघिको नियमित भएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।