काठमाडौं । नेकपा एमालेको संसदीय दलको वैठक शुक्रबार बस्ने भएको छ । एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनु भएको हो ।
संसद पुनर्स्थापना भएसँगै नेता ओलीले संसदीय दलको बैठक बोलाउनु भएको हो । शुक्रबार दिउँसो बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनु भएको छ ।
बैठकमा देउवालाई समर्थन गर्ने माधव नेपाल समूहका २३ जनासहित सबै सांसदलाई खबर गरिएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभभएको छ ।
प्रतिनिधिसभाको वैठक साउन ३ गते बस्ने भएको छ । एमाले संसदीय दलको वैठक संसद बैठक बस्नुअघिको नियमित भएको बताइएको छ ।