काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै निगमले पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको हो । मूल्यवृद्धिको विषयलाई लिएर नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतले आन्दोलन सुरु गरेका थिए । निगम सञ्चालक समितिको निर्णयबमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टितेलको मूल्य १११ रुपैयाँ कायम भएको छ ।