काठमाडौं । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नुभएको छ । उहाँले सरकारी निवास छाड्दै गर्दा एमाले नेता तथा कार्यकर्ताले भव्य बिदाई गरेका छन् । उहाँलाई हजारौं बाइक,गाडीले स्कर्टिङ र स्वागत गरिएको छ ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओलीले आज साढे ११ बजे बालुवाटार छोडनुभएको हो । उहाँ बालुवाटारबाट निस्कँदा गेटदेखि नै कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ ।
अध्यक्ष ओली निवासबाट बाहिरिँदा बालुवाटारमा एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । बालकोटमा उहाँको स्वागतका लागि समेत एमाले कार्यकर्ता पुगेका छन् ।