काठमाडौं । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरवहादुर देउवाको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएन । उहाँ अनुपस्थित हुनुभएको विशेष कारण रहेको बुझिएको छ ।
अध्यक्ष ओली निकट एक नेताका अनुसार अदालतले छानेको प्रधानमन्त्री भएकाले उहाँ सपथ समारोहमा नजानुभएको हो । शेरबहादुर देउवा स्वाभाविक चोर बाटोबाट प्रधानमन्त्री बनेकाले अध्यक्ष ओली सपथ समारोहमा नजानुभएको ती नेताले बताउनुभयो ।
ओलीले सर्वोच्च अदातलको फैसला उपर गम्भीर विमति जनाउनुभएको छ । उहाँले सर्वोच्च अदालतले संविधान नै संशोधन गरेको बताउनुभएको छ ।
ती नेताले अगाडि भन्नुभयो, ‘संविधान अनुसार, प्रतिनिधिसभाको बहुमत अनुसार जो प्रधानमन्त्री बनेको भए पनि उहाँ सपथ समारोहमा जानुहुने थियो तर गैरसंवैधानिक बाटोबाट प्रधानममन्त्री चयन भएकाले नजानुभएको हो ।’