काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताउनुभएको छ ।
नयाँ सरकार बन्न लागेका स्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने जनाउनुभयो ।
आफ्नो कार्यकालमा खोपको व्यवस्था गरेको जानकारी दिँदै उहाँले अब आज भोलिदेखि नै सरकारमा रहेकाहरूले आफैले खोपको व्यवस्था गरे जसरी तमासा गर्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ । यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिनु भयो । उहाँले अरू ३२ लाख डोज खोप क्रमशः आउने पनि बताउनु भयो । यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिनुभयो । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।
ओलीले थप ६० लाख डोज खोप खरिद प्रक्रिया सुरु भइसकेको भन्दै अमेरिकाबाट सोमबार मात्रै १५ लाख चानचुन डोज खोप नेपाल आएको जानकारी दिनुभयो ।
जापानबाट १६ लाख खोप दिने घोषणा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभ्याक्स अन्तरगत ३ लाख ४८ हजार बढी डोज खोप आएको र ३ लाख ५० हजार डोज आउने क्रममा रहेको बताउनु भयो ।
यस्तै जोनसनको ५० लाख डोज, मोडर्नाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड २० लाखसमेत गरी १ करोड ५० डोज खोप सुविधा मूल्यमा प्राप्त हुने क्रममा रहेको ओलीको बताउनु भएको छ ।
बालबालिकालाई दिन मिल्ने खोप ६० लाख डोज खरिद प्रक्रियामा रहेको ओलीले स्पष्ट गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आफूलाई प्रचारको प्रतिस्पर्धा गर्न मन नभएको भन्दै आफ्नो कार्यकालमा देश र जनताको लागि धेरै काम गरेको स्पष्ट गर्नुभयो ।