काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेअनुसार राष्ट्रपति भण्डारीले सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । सर्वाेच्च अदालतका पाँचजना न्यायाधीशको इजलासको आदेशअनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
प्रतिनिधिसभामा देउवाको पक्षमा भने बहुमत छैन । बहुमत नभएको अवस्थामा पनि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति भण्डारी वाध्य हुनुभएको हो ।
राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई साँझ ६ बजे शपथ ग्रहण गराउनुहुने कार्यक्रम राखिएको छ ।